+
+

सुरक्षा पन्तको अभिनयमा रतन देवकोटाले ल्याए ‘देश छोड्नेको लर्को’

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १६:३७

काठमाडौं । सञ्चारकर्मी तथा लेखक रतन देवकोटाले लेखन, निर्माण गरेको गीत ‘देश छोड्नेको लर्को’ सार्वजनिक भएको छ । गीतमा उनी आफैं र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतमा अर्जुन पोखरेलकफ संगीत र सञ्जीव बराइलीको एरेन्ज छ ।

देशमा व्याप्त कुशासन, बेरोजगारी र सर्वत्र निराशाबाट आजित युवापुस्ताले एकपछि अर्को गर्दै विभिन्न देशमा अवसरका लागि चहारेको, स्वदेशमा सम्भावना देख्न छाडेको परिस्थितिलाई गीतमा बुनिएको छ ।

गीतको भिडियोमा सुरक्षा पन्त र टंक चौलागाई फिचर्ड छन् । मानव सुवेदीले निर्देशन गरेको भिडियोमा सौगात धितालको छायांकन र सुवेदीकै सम्पादन छ ।

गीतमा भनिएको छ–

हाँस्न मन छ रुन मन छ बाआमाको छेउ
यो देशमा गरिखाने माहोल बनाइदेउ ।

रतनले नेपालको वर्तमान अवस्थाको पीडादायी यथार्थलाई गीतमा उन्ने चाहना गरेको बताए । ‘कलाकारमात्रै नभएर एक नागरिकका नाताले, अझ युवा पुस्ताको व्यक्ति भएको हुनाले जे भइरहेको छ, त्यसले मलाई दुखायो,’ रतनले अनलाइनखबरसँग भने, ‘त्यसैले मैले यो गीत बनाएको हुँ । आइन्दा दिनमा आशावादी गीतहरु लेख्नुपर्ने गरी राजनीतिक तथा सामाजिक परिस्थिति सुध्रिएर जाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?