+
+

चितवनमा महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड एक्सयूभी 

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १७:५९

काठमाडौं । अग्नि ग्रुपले चितवनको पारस बसर्पाक चोकमा महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड एक्सयूभी शोरुम सञ्चालनमा ल्याएको छ ।

भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले फ्ल्यागसीप ग्लोबल एसयूभीहरु स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) सार्वजनिक गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमबाट एसयूभीका साथै पार्टपुर्जाको बिक्री हुने कम्पनीले जनाएको छ ।

काठमाडौंमा, इटहरी र जनकपुरधाममा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा तेस्रो आधिकारिक शोरूम बनेको छ ।

इन्टरनेसनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकरका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले चितवन र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर नयाँ शोरुम स्थापना गरिएको बताए ।

अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर बर्दान बस्नेतले सुविधा सम्पन्न आउटलेटले ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच पुर्‍याउन सघाउने बताए ।

४ स्थानमा छुट्टाछुट्टै शोरुमको सफल सुरुवात पछि छिट्टै पोखरा, धनगढी, नेपालगञ्ज, बुटवल लगायतका शहरमा नयाँ शोरुम सञ्चालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?