+
+
प्रविधि :

मस्कले घोषणा गरे नट ए बोट कार्यक्रम, एक्समा खाता खोल्न पैसा तिर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १९:००

२ कार्तिक, काठमाठौं । सोसल मिडिया प्लाटफर्म एक्समा नयाँ अकाउन्ट खोल्नका लागि अब निकट भविष्यमै शुल्क तिर्नुपर्नेछ । एक्स कम्पनीका मालिक एलन मस्कले एक लाइभ स्टिमिंगका क्रममा यस्तो खुलासा गरेका हुन् ।

एक्सलाई सबै प्रयोगकर्ताका लागि एउटा सशुल्क प्लाटफर्मको रुपमा तयार पार्नेतर्फ अघि बढिरहेको उनले बताएका छन् । उनका अनुसार एक्सले एउटा नयाँ कार्यक्रम दुईवटा देशमा परीषण गर्दैछ, जसको नाम ल्यत ब द्ययत रहेको छ ।

मस्कका अनुसार यो कार्यक्रम न्युजिल्याण्डमा र फिलिपिन्समा सुरु गरिएको छ । ती देशमा अब सोसल मिडिया प्लाटफर्म एक्समा नयाँ खाता खोलनका लागि १ डलर शुल्क तिर्नुपर्नेछ।

नट ए बोट कार्यक्रम अन्तर्गत प्रयोगकर्ताले सबैभन्दा पहिले एक्स अकाउन्टमा आफ्नो मोबाइल नम्बर भेरिफाइ गर्नुपर्दछ । यो नियम नयाँ प्रयोगकर्ताका लागि पनि लागू हुन्छ ।

प्रयोगकर्ताले उक्त मोबाइल नम्बर भेरिफाई गरेसँगै एउटा सब्सक्रिप्सन प्लान छान्नुपर्दछ । यसका लागि प्रयोगकर्तासँग ३ वटा विकल्प हुन्छन् : १ डलर प्लान, एक्स प्रिमियम र भेरिफाइड अर्गनाइजेसन ।

एक डलर योजनामा के के प्राप्त हुन्छ ?

उल्लेखित तिनवटै प्लानमध्ये एक डलरको विकल्प सबैभन्दा सस्तो विकल्प हो । यो सशुल्क योजना अन्तरगत प्रयोगकर्ताले आफ्नो एक्स प्लाटफर्ममा विभिन्न फिचर्स प्रयोग गर्न पाउँछ, जुन हालसम्म निशुल्क रुपमा उपलब्ध हुँदै आएका छन् ।

यस अन्तरगत कमेन्ट पोस्ट गर्ने, पोस्ट लाइक गर्ने, पोस्ट रिप्लाई गर्ने, कोट वा कुने पोस्टलाई रिपोस्ट गर्ने वा पोस्टलाई बुकमार्क गर्ने सुविधा पनि यसमा रहेको छ ।

नयाँ प्रयोगकर्ताले एक्समा निशुल्क रुपमा अकाउन्ट खोल्न सक्ने भएपनि त्यस्तो अकाउन्टमा निकै सिमित मात्रामा मात्रै फिचर्स उपलब्ध हुनेछन् । यस्ता सित्तैका अकाउन्ट प्रायेकगर्ताहरुले केवल अन्य प्रयोगकर्ताका पोस्ट पढ्न, भिडियो हेर्न वा फलो गर्नमात्रै पाउनेछन् ।

मस्कका अनुसार परीक्षणका अवधिमा नट ए बोट कार्यक्रमले तत्कालका लागि केवल नयाँ प्रयोगकर्तालाई मात्रै प्रभाव पार्नेछ र यसले विद्यमान एक्स प्रयोगकर्तालाई भने कुनै असर पर्नेछैन ।

साथै पूराना नि:शुल्क प्रयोगकर्ताहरुले तत्कालका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । तथापि जब यो कार्यक्रम सबै प्रयोगकर्ताका लागि लागू हुनेछ, त्यसबेला भने सबै एक्स प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने नियम लागू हुने प्रष्ट छ ।

आखिर वर्षौँसम्म आम प्रयोगकर्तालाई निशुल्क रुपमा सेवा उपलब्ध गराएको ट्वीटरले एक्समा बदलिएसँगै किन शुल्क लिन थालेको होला ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । एक्स कम्पनीका अनुसार यस्तो शुल्क कुनै मुनाफा कमाउनका लागि लिइएको नभई बोट्स वा स्पामको संख्या घटाउनका लागि लिन थालिएको हो ।

थोरै शुल्क लिएर मात्रै प्लाटफर्मका फिचरहरुमा पहुँच उपलब्ध गराउने प्रावधान बोट्स वा स्पामको संख्या कम गर्नका लागि विकशित गरिएको उसको दाबी छ ।

स्मरण रहोस् एलन मस्कले भेरिफिकेसन ब्याज लिने एक्स प्रयोगकर्ताले मासिक शुल्क तिर्नुपर्ने नियम यसअघि नै लागू गरिसकेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?