+
+

धनुषाको बटेश्वरमा प्रदेश स्तरीय महिला कबड्डी सुरु

उद्घाटन खेलमा धनुषा र रौतहट विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १९:५८

२ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा प्रदेशस्तरीय तीन दिवसीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ ।

स्थानीय शिवशक्ति युथ क्लबको आयोजना तथा बटेश्वर गाउँपालिका–४ कार्यालयको आर्थिक सहयोगमा बिहीबार कबड्डी प्रतियोगिता सुरु भएको हो ।

बिहीबार भएको दुई खेलमा धनुषा र रौतहट महिला कबड्डी टिम विजयी भएका छन् । धनुषाले बारालाई ३३ अंकले र रौतहटले पर्सालाई २१ अंकले पछि पारेर खेल जितेका हुन् ।

धनुषाले ५५ र बाराले २२ तथा रौतहटले ४६ र पर्साले २५ अंक ल्याएका थिए । धनुषाकी दिव्या साह र रौतहटकी जल्सा चौधरी उत्कृष्ट खेलाडी चुनिए ।

बिहीबार धनुषाको आयोजक टिम शिवशक्ति युथ क्लब र सिरहा, महोत्तरी र सर्लाहीबीच खेल हुने आयोजक क्लबका प्रतिनिधि मदन विकले जानकारी दिए ।

कबड्डी प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका टिम सहभागी छन् । पहिलो हुनेले ५१ हजार, दोस्रोले २५ हजार र तेस्रोले ११ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?