+
+

बिथोलियो एनएआरएन सम्मेलनको समापन समारोह, गएनन् प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १७:२९

३ कात्तिक, काठमाडौं । निर्वाचन परिणामलाई लिएर विवाद चर्किएसँगै गैर आवासीय नेपाली संघ (एनआरएन) को समापन समारोह बिथोलिएको छ ।

निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शून्य देखाएपछि मत परिणाम विवादित बन्यो ।

अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँदली गरेको आरोप लगाएका छन् । दुबै पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विवादबारे ब्रिफिङ गरेका छन् र समापन समारोहमा नजान आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले पनि विवादबारे प्रधानमन्त्रीलाई जानकारी आएको भन्दै समापन कार्यक्रममा नजाने संकेत गरे । उनले भने, ‘कार्यक्रम नै स्थगित भन्ने छ, यस्तो विवाद भएको अवस्थामा कसरी जानु होला र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?