+
+

कैलाली र बाजुरामा भएका ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते ८:०९

५ कात्तिक, धनगढी । कैलाली र बाजुरामा शनिबार भएका ट्याक्टर दुर्घटनाका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

कैलालीको गेटा र बाजुराको बडिमालिकामा भएका दुर्घटनामा चालकसहितका दुई जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

कैलाली गेटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । शनिबार साँझ गोदावरी नगरपालिका ५ स्थित आरबी फ्लोर मिल नजिकै से १ त ७९४५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक ४२ वर्षीय रामप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी गोदावरी नगरपालिका वडा नम्बर ८ का स्थानीय बासिन्दा हुन् । दुर्घटनामा परेर सहचालक सोही ठाउँ बस्ने ४० वर्षीय बख्खु बिक घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बाजुराको जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ६ को साफे मार्तडी सडकखण्डमा शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१-००२ त ६८२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा बडिमालिका नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय बहादुर दानीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?