+
+

भरोसायोग्य न्यायप्रणाली विकास गर्न सकौं : प्रधानन्यायाधीश श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ७ गते ७:३७

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले दशैं, तिहार, नेपाल संवत र छठपर्वको अवसरमा शुभकामना दिँदै छिटोछरितो, सुलभ र गुणस्तरीय न्यायसम्पादनको प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देश जारी गर्दै संविधानले प्रत्याभूत गरेको स्वतन्त्र न्यायपालिकाको अवधारणालाई कायम राख्ने र भरोसायोग्य न्यायप्रणाली विकास गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, सुलभ, गुणस्तरीय एवम् प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्ने तथा विधिको शासनको प्रवर्धन र भरोसायोग्य न्याय प्रणालीको स्थापनाको लागि हाम्रा चाडपर्वहरूले ऊर्जा, क्षमता र प्रेरणा प्रदान गरून् भन्ने कामना गर्दछु ।’

नेपाली समाजमा सद्भाव, विश्वास र सहिष्णुता कायम राख्न चाडबाडले भूमिका खेलेको उल्लेख गर्दै उनले त्यसबाट मुलुकको विकास, समृद्धि, सुशासन तथा न्यायपूर्ण समाजको स्थापनाको लागि आधार बन्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?