+
+

हमासले दुई इजरायली बन्धकलाई छाड्यो, आइपुगे तेल अविव

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ७ गते ८:३३

७ कात्तिक, काठमाडौं । कट्टरपन्थी समूह हमासले थप दुई बन्धकलाई रिहा गरेको छ । दुबै इजरायली नागरिक हुन् ।

रिहा भएका दुबै वृद्ध महिला ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई उपचारका लाति तेल अविव ल्याइएको छ ।

बीबीसीका अनुसार हमासले मानवीय र स्वास्थ्यका कारण उनीहरुलाई रिहा गरिएको बताएको छ ।

इजरायलले बन्धकहरुको रिहाइका लागि मध्यस्थता गरेको मिश्रसँगै दुबै महिलालाई ल्याउन महत्वपूर्ण भूमिका खेलेको रेडक्रसलाई धन्यवाद दिएको छ ।

इजरायली अधिकारीहरुका अनुसार नुरित कपुरका ८५ वर्षका पति अमीरम र लिफशिट्जका ८३ वर्षका पति ओडेडलाई भने अहिले पनि हमासले बन्धक बनाएको छ ।

७ अक्टोबरमा १४०० भन्दा बढीको ज्यान जाने गरी इजरायलमा आक्रमण गरेको हमासले दक्षिणी क्षेत्रबाट २०० भन्दा बढी मानिसलाई बन्धक समेत बनाएको थियो । उनीहरुमध्ये दुई अमेरिकी नागरिकलाई केही दिन पहिले हमासले रिहा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?