+
+

स्वदेश फर्कियो यु-१९ टोली, मुख्य प्रशिक्षक भन्छन्- अब च्यालेन्ज छ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ९ गते ९:४१

९ कात्तिक, काठमाडौं । मलेसियामा युएईलाई हराउँदै एसीसी यु-१९ प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली बिहीबार काठमाडौं फर्किएको छ ।

क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का पदाधिकारीहरुले फूलमाला र खादा लगाइदिएर स्वागत गरे ।

विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मुख्य प्रशिक्षक जगत टमाटाले यु-१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण श्रेय उनीहरुलाई नै दिने बताए ।

भविष्यमा उनीहरुको राम्रो संकेत देखिएको बताउँदै उनले भने, ‘केटाहरु सिनियरका लागि नक गर्दैछन् । उनीहरुले गरेको पर्फमेन्सलाई हेरेर ओभरअल क्रेडिट म प्लेअरहरुलाई दिन्छु । किनभने उनीहरुले जुन पर्फमेन्स गरेका थिए, सुपर थियो त्यो ।’

उनीहरुले राम्रो मिहिनेत गरिरहेको भन्दै टमाटाले अब एसिया कप र वर्ल्डकपका लागि चुनौती रहेकाले आवश्यक तयारी गरिरहेको बताए । राम्रो माइन्डसेट बनाएको भन्दै उनले क्रिकेट एसोसिएसनसँग बसेर छलफल गर्ने बताए ।

उनले भने, ‘अब च्यालेन्जको कुरा छ । एसिया कप खेल्दैछौं । एसिया कपको लागि राम्रो कन्ट्रीसँग इन्डियासँग, पाकिस्तानसँग च्यालेन्ज छ ।’

‘एउटा प्लानिङ गरेको छु एक्सपोजरका लागि । वर्लडकप पनि छ । तयारीका लागि एसिया कप आको छ । ओभरअल राम्रो मान्ड सेटअप छ के-के गर्ने भन्ने कुरा । क्रिकेट एसोसिएसनसँग बसेर अगाडि बढ्छौं,’ उनले भने ।

उनले तिहार पछाडि सिनियर टिमसँग दुई-तीनवटा म्याच खेल्ने वा एक्सपोजरका लागि इन्डिया, बंगलादेश वा श्रीलंकासँग खेल्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?