+
+

जनकपुरमा एक युवक मृत फेला, हत्याको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ९ गते १०:४३

९ कात्ति, जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो ।

मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार मुखमा रगत देखिएको छ र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको उनले बताए ।

हत्या घटना रातिकै हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?