+
+
विश्वकप क्रिकेट :

डिफेण्डिङ च्याम्पियनमाथि श्रीलंकाको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ९ गते १७:२०

९ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि ८ विकेटको जित हात पारेको छ । लगातार तेस्रो र समग्रमा चौथो हारसँगै इंग्ल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

बिहीबार भारतको बैंग्लुरुमा इंग्ल्याण्डले दिएको १५७ रनको लक्ष्य श्रीलंकाले मात्र २५.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुवात राम्रो थिएन । २३ रन जोड्दा २ विकेट गुमाएको श्रीलंकाका लागि पथुम निसांका र सदिरा समरविक्रमाले जित दिलाए ।

त्यसक्रममा दुबैले तेस्रो विकेटका लागि अविजित १३७ रनको साझेदारी गरे । निसांका ७७ र समरविक्रमा ६५ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको थियो ।

ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा सबै विकेट गुमायो ।

बेन स्टोकले सर्वाधिक ४३ रन बनाए । बेयरस्टो ३० र मालन २८ रनमा आउट भए ।

इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २-२ विकेट लिए ।

जितसँगै श्रीलंका ४ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने इंग्ल्याण्ड २ अंकका सात नवौं स्थानमा झरेको छ ।

सबै टिमले चार खेल खेल्न बाँकी रहेको अवस्थामा इंग्ल्याण्डको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । तर शीर्ष चारमा परेर सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न इंग्ल्याण्डले प्रतियोगितामा अपराजित रहेको भारतलाई समेत हराएर सबै खेल्न जित्नुपर्छ ।

किनकी शीर्ष टिम भारतको १० अंक छ भने चौथो स्थानमा रहेको अष्ट्रेलियाको ६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?