+
+

एनसेलका ३५ सयभन्दा बढी ग्राहकले पाए १०० रुपैयाँ बोनस ब्यालेन्स

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १४:११

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकलाई १०० रुपैयाँ बोनस उपलब्ध गराएको छ ।

१८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सञ्चालनमा ल्याइएको योजना अनुसार ग्राहकहरुलाई उक्त बोनस ब्यालेन्स प्रदान गरिएको एनसेलले जनाएको छ ।

३१ भदौदेखि सञ्चालनमा (२८ दिनसम्म) ल्याइएको यस योजनामा प्रत्येक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएको एनसेलले जनाएको छ ।

यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए ।

दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु १०० रुपैयाँ बोनस ब्यालेन्सका लागि छानिएका थिए ।

विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरी एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन् ।

साप्ताहिक रुपमा १०० रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो ।

एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्नेछ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक–एक स्कुटर जित्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?