+
+

संगीतकै आम्दानीबाट अर्बपति बन्ने पहिलो गायिका बनिन् टेलर स्वीफ्ट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ११ गते १८:११

काठमाडौं । ब्लकबस्टर ‘इरास टूर’ले आम्दानीमा उछाल आएपछि पपस्टार टेलर स्वीफ्ट अर्बपति बनेकी छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागजिनहरु फोब्र्स र ब्लूमबर्गले अमेरिकी गायिकालाई अर्बपति घोषित गरेका छन् ।

उनको कूल सम्पति १.१ बिलियन डलर पुगेको जनाइएको छ । यसवर्षको गर्मीयाममा उनको इरास टूर नामक सांगीतिक यात्राले अमेरिकी अर्थतन्त्र उकास्न समेत मद्दत गरेको थियो ।

टेलर स्वीफ्ट अर्बपति बनेको खबर यतिबेला बाहिरिएको छ जतिबेला उनको चौंथो एल्बम ‘१९८९ टीभी’ रिलिज तयारीमा छ । ब्लूमबर्गले भनेको छ– टेलर स्वीफ्ट संगीत र प्रस्तुतिको आम्दानीबाट अर्बपति बन्ने एकमात्र गायिका हुन् ।

ब्लूमबर्गले गायिकाको कूल सम्पतिको ठूलो हिस्सा उनको क्याटालगलाई मानेको छ जसको आँकडा ४०० मिलियन डलर मानिएको छ । ३७० मिलियन डलर टिकट बिक्री, स्पटीफाइ र र युट्युवबाट उनको कमाइ १२० मिलियन उल्लेख छ । उनको पाँच घरको मूल्य ११० मिलियन डलर छ ।

विज्ञहरु टेलर स्वीफ्टको इरास टूरको कमाइलाई लिएर चकित छन् । ग्रोथ मार्केट एजेन्सीका क्रिस लेडेनले सीएनएनलाई भनेका छन्- इरास टूरले मनोरञ्जन अर्थशाष्त्रको पुस्तक पुनर्लेखन गरिरहेको छ । उनी एक प्रस्तुतकर्ता मात्र हैनन्, उनी आर्थिक परिघटना समेत हुन् ।’

यो टूरबाहेक पप गायिकाको कन्सर्ट फिल्म कन्सर्ट फिल्म ’टेलर स्विफ्टः द इरास टुर’ ले अमेरिका र क्यानडाको बक्स अफिसमा करिब ९६ मिलियन डलर कमाएको छ । इरास टूर सन् २०२४ को नोभेम्बरमा समाप्त हुने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?