+
+
Shares

सोनापुर सिमेन्टको आईपीओ दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिनमै नेगेटिभ सर्किट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १२:२९

१२ कात्तिक, काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको हो ।

२ असोजमा नेप्सेमा सुचीकृत भएको कम्पनीको सेयर दोस्रो बजारमा पहिलो कारोबारको लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासमम ओपनिङ रेञ्ज तोकेको थियो ।

आइतबार नेप्सेको स्पेशल प्रिओपनिङ सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ३१५ रुपैयाँमा झरेको छ ।

हालसम्म कम्पनीको ३७०० कित्ता सेयर कारोबार भएको छ । अहिले ४ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर बिक्री अर्डरमा छ । जसध्ये नेगेटिभ सर्किट मूल्य ३१५ मा नै चार लाख कित्ताभन्दा बढी कित्ता सेयर बिक्रीमा आएको छ ।

प्रिमियम मूलयमा नै आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको मूल्य सार्वजनिक निष्कासन गरेको मूल्यभन्दा तल झर्दा सोनापुर सिमेन्टप्रति पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको पहिलो दिनमा नै नकारात्मक सर्किट लेभलमा झरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?