+
+

एक्सले ल्यायो दुई नयाँ सब्सक्रिप्सन योजना, ३ डलर शुल्कमा आधारभूत सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १३:५६

सोसल मिडिया प्लाटर्फम एक्सले दुईवटा नयाँ सब्सक्रिप्सन योजनाको सुरुआत गरेको छ । त्यसमध्ये पहिलो सब्सक्रिप्सन मोडलको नाम प्रिमियम प्लस टियर हो । यसको मासिक शुल्क १६ अमेरिकी डलर रहेको छ । यो मोडल अन्तरगत प्रयोगकर्ताहरुले प्लाटर्फममा विज्ञापन देख्नु पर्दैन । त्यसका साथै प्रयोगकर्ताले रिप्लाई बूस्ट पनि प्राप्त गर्नेछन् ।

त्यसैगरी दोस्रो सब्सक्रिप्सन मोडलको नाम बेसिक हो, जसको शुल्क ३ अमेरिकी डलर रहेको छ । यस अन्तरगत प्रयोगकर्ताले ब्लू टिक प्राप्त गर्दैनन् तथापि अन्य विभिन्न सुविधाहरू भने प्रयोग गर्न सक्दछन् । जसमा लामो पोस्टहरु गर्ने, पोस्टलाई सम्पादन गर्ने र छोटो रिप्लाई बूस्ट लगायतका रहेका छन् ।

अडियो भिडियो कलिङको सुविधा

लामो प्रतिक्षा तथा परीक्षण पश्चात् एक्सले हालैमात्र अडियो तथा भिडियो कलिङ फिचर जारी गरेको छ ।

एक्सका विभिन्न प्रयोगकर्ताहरुले अडियो तथा भिडियो कलिङको फिचर प्राप्त गर्न थालेका छन् । केही प्रयोगकर्ताहरुले अडियो भिडियो कलिंगको नोटिफिकेसन एक्स एप खोल्नेबित्तिकै पाएका छन् ।

प्रयोगकर्ताले एक्स एपमा Audio and video calls are here! लेखिएको नोटिफिकेसन प्राप्त गरिरहेका छन् । यसका अलावा एप सेटिंग्समा एक नयाँ अप्सन Enable audio and video calling पनि देखिन थालेको छ । यद्यपि यो अहिलेसम्म प्रष्ट छैन कि नयाँ फिचर केवल एक्सका ब्लु टिकधारी प्रयोगकर्ताका लागि मात्र हो वा नि:शुल्क संस्करणका प्रयोगकर्ताका लागि पनि हो ।

एक वर्षमा आधाले घट्यो ट्वीटरको आम्दानी

ट्वीटर ब्राण्ड जब जब कमजोर बन्दै गयो तब विज्ञापनदाताहरुको संख्या पनि घटिरहेको छ । विज्ञापनदाताहरु मस्कका विवादास्पद तथा नियम उल्लंघनकारी ट्वीटहरुलाई समेत बढावा दिने गतिविधिबाट चिन्तित देखिन्छन् ।

सन् २०२२ को अक्टोबरमा मस्कले खरिद गरेयता ट्वीटरको आम्दानीमा ५० प्रतिशतले गिरावटले गिरावट आएको छ ।

इनसाइडर इन्टेलिजेन्सका विश्लेषक ज्यास्मिन एनबर्ग भन्छिन्, ‘ट्वीटरको कर्पोरेट ब्राण्ड पहिलेदेखि नै मस्कको उपस्थितिका कारण प्रभावित भैसकेको छ । नाम चाहे ट्वीटर होस् वा एक्स ब्राण्ड इक्विटी तथा विज्ञापनदाताहरुको संख्या पहिलेदेखि नै प्रभावित भएको छ ।’

मार्केटिङ तथा ब्राण्ड परामर्श समूह मेटाफोर्सका सह संस्थापक एलन एडम्सन भन्छन्, ‘ट्वीटरको नाम परिवर्तन गर्ने निर्णय व्यवसाय तथा ब्राण्ड दुवैको दृष्टिकोणबाट पूर्णरुपमा तर्कहीन हो । यो मस्कको तर्फबाट लिइएको अहंकारको निर्णय हो । मेरो लागि यो इतिहासको एक व्यवसाय तथा ब्राण्डका लागि लिइएकेा सबैभन्दा खराब फैसला हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?