+
+

अन्तिममा बढेर बन्द भयो सेयर बजार, कारोबार रकम ६९ करोड ४२ लाखमा खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १५:२५

१३ कात्तिक, काठमाडौं । कारोबारको सुरुवाती समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर सम्हालिएको छ । सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भयो ।

कारोबार खुलेको ४७ मिनेटमै नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम समयमा १८७८.७० विन्दुमा आएर बन्द भयो । दिउँसो सवा २ बजेपछि नेप्सेमा सुधार देखिएको छ । कारोबार रकम भने ६९ करोड ४२ लाखमा खुम्चियो । आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको थियो ।

होटल तथा पर्यटन २० र उत्पादन उपसमूह ४० अंक घटे । बैंकिङ ०.५८, विकास बैंक २७, फाइनान्स १३, जलविद्युत् ४, जीवन बीमा १२, निर्जीवन बीमा ८३, अन्य १ र ब्यापार उपसमूह भने २१ अंक बढे ।

सोमबार सेयर मूल्य धेरै बढ्ने १० कम्पनीमध्ये ८ वटा कम्पनी हाइड्रोपावर उपसमूहका मात्रै परेका छन् । यस दिन ९७ कम्पनीको मूल्य घट्दा १२८ कम्पनीको बढ्यो । जसमध्ये पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोको ५.८, सुपर मादी हाइड्रोपावरको ५.२, इमर्जिङ नेपालको ४.५, छ्याङ्दी हाइड्रोको ४.४, रिभर फल्स पावरको ४.२, जोशी हाइड्रोपारको ४.१, हिमालय ऊर्जा विकासको ४, कुथेली बुकरी हाइड्रोको ३.७ र सिन्धु विकास बैंकको मूल्य ३.६ प्रतिशत बढ्यो ।

सोनापुर मिनरल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । सूचीकृत भएपछि लगातार दोस्रो दिन कम्पनीको मूल्य १० प्रतिशत घटेको हो ।

बिन्ध्यवासिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोको मूल्य साढे ६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा साधना लघुवित्त संस्थापक सेयर, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक संस्थापक, नबिल बैंक र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?