+
+

इन्स्टाग्राममा आउँदैछ गज्जबको फिचर, साथीका पोस्टमा तस्वीर जोड्ने सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १४:२८

मेटा स्वामित्वको फोटो-भिडियो शेयरिङ प्लाटर्फम इन्स्टाग्रामले एउटा गज्जबको फिचर ल्याउने तयारी गरिरहेको छ । यस फिचरअन्तरगत प्रयोगकर्ताहरूले आफ्ना इन्स्टाग्रामका साथीहरुको पोस्टमा तस्वीर तथा भिडियो जोड्न सक्नेछन् । अर्थात् तपाईंले आफ्नो साथीको इन्स्टाग्राम वालमा पोस्ट गर्न सक्नुहुनेछ । यो फिचर मेटाले छिट्टै जारी गर्नसक्ने बताइएको छ ।

इन्स्टाग्रामका प्रमुख एडम मोसरीले यस प्लाटर्फममा उक्त फिचर थप गर्न लागिएको घोषणा गरेका हुन् । उनका अनुसार पोस्टको तलपट्टि बायाँ कुनामा एउटा Add To Post देखिनेछ । यसबाट प्रयोगकर्ताहरुले पोस्टमा भिडियो तथा फोटो जोड्न सक्नेछन् । यद्यपि पोस्टको अन्तिम नियन्त्रण भने पोस्ट अपलोड गर्ने मुख्य प्रयोगकर्तासँगै रहनेछ ।

अर्थात् तपाईंले कुनै साथीको पोस्टमा जोडिदिएका फोटो तथा भिडियोहरु देखिनका लागि उक्त पोस्टवाला व्यक्तिले स्वीकृत गर्नुपर्ने हुन्छ ।

इन्स्टाग्रामले हाल यो फिचरको परीक्षण गरिरहेको छ । स्मरण रहोस् हाल इन्स्टाग्राममा एक क्यारोसेल पोस्टमा अधिकतम १० वटा फोटो वा भिडियो राख्न सकिन्छ । तर, यो फिचरसँगै इन्स्टाग्रामले संख्याको यो सीमालाई बढाउन सक्ने अनुमान गरिएको छ । यद्यपि यस विषयमा इन्स्टाग्रामले आधिकारिक रुपमा केही पनि बताएको छैन ।

त्यस्तै इन्स्टाग्रामले एउटा यस्तो फिचरमा पनि काम गरिरहेको छ जसले प्रयोगकर्तालाई नोट्समा आफ्नो प्रोफाइल फोटोको रुपमा एउटा सानो लुपिङ भिडियो राख्ने अनुमति दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?