+
+

हमासका सुरुङ ध्वस्त पार्न इजरायलले प्रयोग गर्न लागेको स्पन्ज बम के हो ?

एजेन्सी एजेन्सी
२०८० कात्तिक १४ गते १५:०७

गाजापट्टीमा हमास विद्रोहीहरुले निर्माण गरेका सुरुङलाई निस्तेज पार्नका लागि इजरायलले नयाँ हतियार प्रयोग गर्दैछ । यो एउटा विशेष खालको बम हो जसको विस्फोटबाट अन्य बमको जस्तो ठुलो आवाज निस्किंदैन । तर यो जहाँ विस्फोट हुुन्छ त्यहाँ व्यापक रुपमा फ्रिज निस्किन्छ र केही बेरमै ढुंगाजस्तै कडा बन्दछ । जसका कारण यो स्पन्ज बम आक्रमणपछि सुरुङ अवरुद्ध बन्नुका साथै त्यसभित्र राखिएका हतियार तथा खरखजानाका साथै मानिसहरु समेत सबै ढुंगामा परिणत हुन्छन् ।

वास्तवमा इजरायल आफ्ना अत्याधुनिक हतियारका लागि विश्वभर नै चिनिन्छ । गाजामा हवाई आक्रमणसँगै जमीनबाट समेत आक्रमण सुरु गरेको इजरायलका लागि हमासले त्यहाँ निर्माण गरेका ठुलो संख्याका जटिल सुरुङहरू ठुलो चुनौतीका रुपमा रहेका छन् ।

हमास विद्रोहीहरु ती सुरुङमा लुकेर गुरिल्ला युद्ध गर्ने, भाग्ने तथा अकस्मात आक्रमण गर्ने गर्दछन् । ती सुरुङमा हमासले आफ्ना हतियार लुकाउँछन् र त्यहीबाट रकेट आक्रमणसमेत गर्दछन् । हतियार तथा रकेटको भण्डारणका लागि ती सुरुङलाई उसले गोदामको रुपमा प्रयोग गर्दछ ।

इजरायलले जमीनबाट गर्ने आक्रमणका क्रममा सबैभन्दा ठूलो काम अब यिनै सुरुङलाई बन्द गराउनु हो । हमासका तिनै सुरुंगलाई सिल गराउन तथा बन्द गराउनका लागि इजरायलले स्पन्ज बमको प्रयोग गर्दैछ ।

पहिलोपटक प्रयोग हुँदैछ स्पन्ज बम

Israel Sponge Bomb

स्पन्ज बमको प्रयोग सम्भवतः पहिलोपटक हुन गइरहेको छ । यो एउटा विशेष खालको बम हो, जुन विस्फोट भएपछि ठुलो मात्रामा फिंज निस्किन्छ । यो फिंज केही बेरमै कंक्रिटजस्तै कडा बन्दछ । अर्थात् यदि ती बमलाई सुरुङभित्र विस्फोट गराउने हो भने सुरुङ पूर्णरुपमा बन्द हुन्छ । न त कोही भित्रबाट बाहिर आउन सक्छ, न त बाहिरबाट भित्र जान नै । त्यो कंक्रिटलाई फोड्न पनि सजिलो हुँदैन ।

स्पन्ज बमले कसरी काम गर्छ ?

स्पन्ज बम एक प्लास्टिकको बोरामा राखिएको हुन्छ । त्यसमा दुईवटा फरक-फरक खालका रसायन हुन्छन् । ती रसायनलाई एउटा धातुको प्लेट वा रडबाट अलग राखिएको हुन्छ । जब उक्त रड हटाइन्छ तब ती दुई फरक रसायनहरु एक आपसमा मिसिएर रासायनिक प्रतिक्रिया गर्दै फिंजयुक्त तरल पदार्थ बनाउँछन् । उक्त पदार्थ हावाको सम्पर्कमा आएसँगै तीव्र रुपमा फैलिन्छ र कडा हुन थाल्छ । यो यति तीव्र रुपमा फैलिन्छ कि त्यसको कल्पना पनि गर्न सकिन्न । त्यसैले उक्त पदार्थले तीव्र गतिमा सुरुङलाई बन्द गरिदिन्छ ।

सुरुङभित्र लुकाइएको छ बन्धकहरुलाई

Image

हमास विद्रोहीहरुले इजरायलबाट अपहरण गरेर लगेका मानिसहरुलाई गाजास्थित सुरुङभित्रै बन्धक बनाएर लुकाएका छन् । इजरायली कमान्डोले सुरुङको खानतलासी गर्ने समयमा एका तर्फबाट सुरुङमा यो बम विस्फोट गराउँदै जानेछ ताकि सुरुङ बन्द होओस् । यो बममा रहेका रसायन निकै नै प्रतिक्रियात्मक तथा प्रज्वलनशील छन् । तर फिंज कडा भएर जमेसँगै यसलाई फोड्न सजिलै हुँदैन । एकपटक यसलाई सुरुंगमा विस्फोट गरेर बन्द गरिदिएसँगै त्यसलाई पुनः खोल्नु निकै मुस्किल हुन्छ ।

अमेरिकी सेनाले प्रयोग गर्थ्यो यस्तै गोली

अमेरिकी सेनाले सन् १९९० को दशकमा सोमालियामा दंगा नियन्त्रण गर्नका लागि अत्यधिक रुपमा टाँसिने (अल्ट्रा स्टिकी) फिंजवाला गोली प्रहार गर्दथ्यो । ती गोलीबाट निस्किने फिंजले दंगाकारीहरुको हातखुट्टालाई बाँधिदिन्थ्यो । जसका कारण प्रदर्शनकारीहरु घाइते नभईकन ढल्दथे र उनीहरुलाई सजिलैसँग गिरफ्तार गर्न सकिन्थ्यो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?