+
+

३ महिनामा ओटीसी बजारबाट १ अर्ब ७१ करोडको कारोबार

वर्ल्डलिंकको मूल्य सबैभन्दा बढी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १५:१६

१४ कात्तिक, काठमाडौं । ओभर दी काउन्टर (ओटीसी) मार्केटबाट पहिलो त्रैमासमा कुल १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

विभिन्न २३ कम्पनीका कुल १ करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

ओटीसी बजारमा पहिलो त्रैमासमा कारोबार भएका कम्पनीमध्ये वर्ल्डलिंकको सेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँ छ ।

ओटीसी बजारमा कारोबार भएका अन्य कम्पनीमा हिम रिभर पावर, आईएमई डिजिटल सोलुसन, नेपाल क्यान्सर हस्पिटल, मुक्तिनाथ कृषि कम्पनी, एभरेस्ट हस्पिटालिटी, बीओके क्यापिटल, याम्बलिङ हाइड्रोपावर, गर्जाङ उपत्यका पावर छ ।

त्यस्तै जनज्योति एजुकेसन फाउन्डेसन, अपोलो हाइड्रोपावर, इलेक्ट्रोपावर, सोपान मल्टिपल, आभासार इक्विटी, बन्दीपुर केबलकार, अन्नपूर्ण केवलकार, भरतपुर सामुदायिक हस्पिटल, चण्डेश्वरी महादेवखोला, लक्ष्मी स्टिल, गरिमा क्यापिटल, चार्टर्ड क्यापिटल, बरुण इन्भेस्टमेन्ट र काठमाण्डु मेडिकल कलेजको सेयर ओटीसी बजारमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?