+
+

हलमा फ्लप ‘छड्के २’ लाई युट्युबमा पनि दर्शक पाउन सकस

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १६:२६

काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका रहेको ‘छड्के २’ युट्युबमा रिलिज भएको झण्डै दुई साता हुन लाग्यो । इन्टरनेट रिलिजको ११ दिनमा फिल्मलाई १७ लाख पटक मात्र हेरिएको छ ।

हलबाट जम्मा २७ लाख ग्रस मात्र कमाएको निगम श्रेष्ठ निर्देशित यो फिल्मलार्ई यस वर्षकै डिजास्टर फिल्म मान्न सकिन्छ । युट्युबमा पनि यो फिल्मलाई भ्युज बटुल्न सकस परेको देखिन्छ । ‘स्टार’को फिल्म र त्यसमा पनि निकै चर्चा पाएको यो फिल्मको उक्त भ्युज निकै कम हो ।

पछिल्लो समय हलमा फ्लप भएका फिल्मलाई युट्युबमा लाखौं भ्युज मिलेको छ । दशैं छेकोमा रिलिज भएको अर्को फिल्म ‘बाबरी’लाई अहिलेसम्म ४४ लाख पटक हेरिएको छ । यो फिल्म पनि हलमा असफल रह्यो । भन्नुको अर्थ, हलमा नचलेका फिल्म पनि युट्युबमा हिट हुन्छन् ।

तर ‘छड्के २’ यो मामिलामा भिन्न देखिएको छ । हल मात्र होइन यो फिल्मलाई युट्युबमा पनि दर्शक पाउन मुस्किल भइरहेको देखिन्छ । ठीक १० दिनअघि रिलिज भएको ‘फूलबारी’लाई ५५ लाख पटक हेरिएको छ । यो अंक सन्तोषजनक हो ।

यही समयमा रिलिज भएको ‘रोमियो एण्ड मुना’ले ९ लाख ५३ हजार, ‘भैरे’ले १० लाख हाराहारीमा भ्युज पाएका छन् । १३ दिनअघि रिलिज भएको ‘चिसो एस्ट्रे’को भ्युज झनै बिजोग छ । यो फिल्मलाई यो अवधिमा दुई लाख ६६ हजार पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?