+
+

इजरायल–प्यालेस्टाइनमा शान्ति स्थापनाका लागि काठमाडौंमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १३:३८

१४ कात्तिक, काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।

ललितपुरको पाटन दरबार स्क्वायरमा मंगलबार बृहत् नागरिक आन्दोलन र फोटो सर्कलको संयुक्त आयोजनामा उक्त प्रदर्शन भएको हो ।

अविलम्ब युद्धविराम र शान्तिको पहलका लागि प्रदर्शन गरिएको सहभागी फोटोपत्रकार विकास रौनियारले बताए ।

‘अविलम्ब युद्धविराम गरी मानवीय सहायताहरु पुर्‍याउन सकियोस्, शान्ति स्थापना होस् भनेर प्रदर्शनमा प्लाकार्ड, कविता साथै प्यालेस्टाइन स्वतन्त्रताको अधिकारको सम्मानका पक्षमा आवाज उठ्यो’, रौनियारले भने, ‘कार्यक्रममा यहुदी, मुस्लिम, क्रिश्चियनहरुसमेतको सहभागिता थियो । युवाहरु उल्लेख्य सहभागी थिए ।’

फोटोपत्रकार रौनियारले खिचेका तस्वीरहरु हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?