+
+

कसरी डुब्दै गरेको एउटा पानी जहाजबाट चीनलाई चुनौती दिंदैछ फिलिपिन्स ?

एजेन्सी एजेन्सी
२०८० कात्तिक १५ गते १४:०५

चीनको तटीय सुरक्षागार्डको जहाजले गत आइतबार दक्षिण चिनियाँ सागरमा आफ्नो एक ढुवानी डुँगालाई ठक्कर दिएको आरोप फिलिपिन्सले लगाएको छ ।

यो घटनाको भिडियोमा फिलिपिन्सको तटीय सुरक्षागार्डको जहाज तथा चिनियाँ सामुद्रिक मिलिसियाको जहाज ठोक्किएको देख्न सकिन्छ ।

दक्षिण चीन सागरमा फिलिपिन्स र चीनको बचिमा कैयन् दशकदेखि टकराव चलिरेको छ । तर पछिल्ला महिनामा भने यस्तो टकरावमा केही परिवर्तन देखिन्छ ।

समुद्रमा दुवै देशको बीचमा टकरावका घटनाहरूलाई अहिले फिलिपिन्सका टेलिभिजन तथा मिडियाहरुमा निकै हल्लाखल्लाका साथ देखाइन्छ ।

पछिल्लो एक हप्तामा फिलिपिन्सका पत्रकारहरुले दक्षिण चीन सागरमा कम गहिराइको क्षेत्रमा दोस्रो पटक यस्तो घटनाको छायांकन गरेका छन् । यो ठाउँलाई सेकेन्ड थोमस शोल, अयुंगीन शोल तथा आइ रिफको नामले समेत चिनिन्छ ।

फिलिपिन्सले किन यसो गर्दैछ ?

यो घटना अचानक क्यामरामा कैद भएको होइन । यो फिलिपिन्स सरकारले जानीबुझी अबलम्बन गरेको नीतिको हिस्सा हो जसको उद्देश्य चिनियाँ धम्कीतर्फ ध्यान आकषिर्त गराउनु हो । फिलिपिन्सका अनुसार यो उसको सामुद्रिक इलाका हो र चीनले त्यसमा नियन्त्रणको कोसिस गरिरहेको छ ।

स्टानफोर्ड विश्वविद्यालयस्थित गोर्डियन नोट सेन्टरका अवकाशप्राप्त कर्णेल रेमन्ड पावेल भन्छन्- मलाई लाग्छ कि यो वर्ष हामीले महत्वपूर्ण परिवर्तन देखका छौं । यसलाई म एउटा पारदर्शिता अभियान भन्दछु ।

गत जनवरीमा फिलिपिन्स सरकारले यी मुठभेडहरुका धेरै भन्दा धेरै भिडियोहरु स्थानीय मिडियालाई दिन थालेसँगै यसको सुरुवात भएको थियो । यो गृष्मयामसम्म उसले बीबीसी लगायतका अधिकाधिक पत्रकारलाई आफ्ना डुुंगा तथा विमानहरुमा राखेर विवादित जलक्षेत्रमा लैजान सुरु गर्‍यो ।

कर्णेल पावेल भन्छन्- यो भनेको चीनको लगातार जारी टकराव अभियानका बारेमा प्रकाश पार्ने काम थियो ।

यस्तो देखिन्छ कि चीन यो नयाँ रणनीतिबाट आत्तिएको छ । फ्रिम्यान एसपोगली इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजकी ओरियाना स्काइलर मेस्ट्रोका अनुसार फिलिपिन्सको यो रणनीति कामयाव देखिन थालेको छ । उनका अनुसार चिनियाँ गतिविधिमा एक खालको स्थीरता आएको छ ।

फिलिपिन्सले कहाँ गर्छ ढुवानी ?

चीनले उदारता देखाउँदा फिलिन्सिले सेेकण्ड थोमस सोलमा रहेको आफ्नो चौकीमा धेरैटक आवश्यक सामान पठाउन पाएको छ । फिलिपिन्सको यो चौकी वास्तवमा द्वितीय विश्वयुद्धका बेलाको एउटा जहाज हो जसको नाम सिएरा माद्रे हो ।

सन् १९९९ मा यो जहाजलाई जानीबुझीकन समुद्रको कम गहिरो स्थानमा छाडिएको थियो र यो खिया लागेर विस्तारै टुटिरहेको छ । त्यसबेलादेखि नै फिलिपिनी नौसेनाको एउटा सानो टुकडी यसमा तैनाथ हुँदै आएको छ ।

सन् २०१४ मा बीबीसीको एउटा टिमले यो जहाजको भ्रमण गरेको थियो । त्यो बेला यो निकै खराब अवस्थामा थियो र यसमा निकै ठुलाठुला भ्वाङ परिरहेका थिए र समुद्रका लहरहरु उक्त जहाजबाट गुज्रिरहेका थिए ।

विश्लेषकहरुका अुनसार चीनले एउटा लामो खेल खेल्ने मनसाय बनाएको छ ।

चीन र फिलिपिन्सको बीचमा निकै राम्रो सम्बन्ध रहँदै आएको थियो र चिनियाँ तटरक्षकले सिएरा माद्रेमा पुनः आवश्यक सामानहरु ढुवानी गर्न अनुमति दिएको थियो । तर जब दुई मुलुकबीचको सम्बन्धमा थोरै तिक्तता आयो तब चीनले जहाजका लागि हुने ढुवानी रोकिदियो ।

तर समग्रमा चीनको अनुमान चाहिं सिएरा माद्रे सधैंका लागि समुद्रमा रहनेछैन भन्ने हो । यो जहाज विस्तारै टुुक्रिंदै समुद्रमा डुबिरहेकोले गर्दा भविष्यमा एक दिन फिलिपिन्सले आफ्ना सेनालाई उक्त जहाजबाट निकाल्नुपर्नेछ भन्ने चीन ठान्दछ ।

चीन र फिलिपिन्सबीच अब के होला?

गतवर्ष राष्ट्रपति फर्डिनेन्ड मार्कोस जुनियरले चुनाव जितेसँगै फिलिपिन्सको विदेश नीति पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको ६ वर्षे कार्यकाल भन्दा एकदमै बिपरित भएको छ ।

राष्ट्रपति मार्कोसले केवल डुटेर्टेको चीनसँग निकट हुने नीतिलाई उल्टाएनन् मात्र अमेरिकासँग गठबन्धन गर्ने नीतिलाई पुनः अँगालेका छन् । त्योसँगै उनले फिलिपिन्सको २ सय नटिकल माइल दूरीको एक्सक्लूसिभ इकोनोमिक जोनमा चीनको घुसपैठको मुद्दालाई जोडतोडसँग उठाउन थालेका छन् ।

यो मामिलामा अरु धेरै कुराहरु अहिलेपनि भैरहेका छन् । फिलिपिनी सुत्रहरुका अनुसार उसले सिएरा माद्रे जहाजमा खाना र पानी आपूर्ति गर्ने गरेको छ । तर यसका अलावा उसले गोप्य रुपमा निर्माण सामग्रीहरु पनि लगिरहेको छ ।

कर्णेल पावेल भन्छन्, ‘उक्त जहाजको जीवनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा निकै कठिन छ । मलार्य लाग्छ कि हामी एउटा संकटपूर्ण बिन्दुमा पुगिरहेका छौं । सिएरा माद्रेको अन्त्य नजिकिइरहेको छ । यो निकै छिटो टुक्रिन सक्दछ ।’

त्यसैले पनि चीन र फिलिपिन्स बीच यो क्षेत्रमा अधिक मुखर हुने नयाँ भावना पैदा भएको हुनसक्छ ।

फिलिपिन्स अयुंगीन शोलमा आफ्नो उपस्थितिलाई लिएर निकै दृढ छ । उता चीन चाहिं आफ्नो शक्तिलाई एकपटक फेरि दोहोइराइरहेको छ र सिएरा माद्रेलाई बचाइराख्न हुँदैन भन्ने कुरा तय गरेको छ ।

सिएरा माद्रे यदि टुक्रिएर दक्षिण चीन सागर वा फिलिपिनी शव्दमा भन्नुपर्दा पश्चिमी फिलिपिन्स सागरमा डुब्यो भने के होला ? के चीनले उक्त झप्कोमै दक्षिण चीन सागरका अन्य ठाउँमा जस्तै उक्त कम गहिरो क्षेत्रलाई नि कब्जा गर्ला ?

के फिलिपिन्सले अयुंगीन शोलमा एउटा दोस्रो जहाज खडा गर्ला ? अनि त्यसो गर्दा अमेरिकाको प्रतिक्रिया कस्तो होला ?

यो अहिले कसैलाई थाहा छैन । तर यो दिन आउनेवाला छ, सायद निकै छिट्टै ।

बीबीसीबाट

 

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?