+
+

८४ वर्षीय क्यानेडियन पर्यटकले गरे नेपालमा बन्जी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १२:५०

१५ कात्तिक, काठमाडौं । ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले नेपालमा बन्जी गरेका छन् ।

उनले ‘द क्लिफ’मा उनले बन्जीसँगै स्विङ, स्काइ साइक्लिङ, स्काइ ग्लाइडिङ लगायत अन्य साहसिक खेल समेत खेलेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

८४ वर्षीय मिसेलले बन्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तका रेकर्ड कायम गरेका छन् । यसअघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बन्जी गरेकी थिइन् ।

बन्जीपछि निकै उत्साहित रहेका क्यानेडियन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए ।

कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?