+
+

सहरमा जाज, फोक र ब्लुज संगीतका महोत्सव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १४:२६

काठमाडौं । तपाईं जाज, फोक र ब्लुज संगीतको पारखी हुुनुहुन्छ भने शरद ऋतु तपाईंका लागि खास हुनसक्छ । चिसो सुरु हुने याममा संगीतका यी जनरा एवं स्वाद काठमाडौं र वरपरका सहरमा गुञ्जने गर्छन् ।

आगामी शनिबार ललितपुरको हिमालय होटलमा ‘काठमाण्डू ब्लूज एण्ड रुट्स’ आयोजना हुँदैछ । मुलुकका चर्चित ब्याण्ड र संगीतकर्मीले यो कार्यक्रममा प्रस्तुति दिँदैछन् । लाइनअप हेर्दा सहभागिले ब्लूज संगीतमा आफूलाई उफार्ने देखिन्छ ।

मुक्ति शाक्य, देव राना, एल्बाट्रस, त्रिकाल तान्त्रिक, एल प्रुफुण्डो, सतिश स्थापित, स्टिभन एण्ड एनसिल्स लगायतका ब्याण्ड र गायकले यो ब्लुज फेस्टिभलमा प्रस्तुति दिँदैछन् ।

‘काठमाण्डू जाज फेस्टिभल २०२३’ आगामी बिहीवारदेखि अर्को बुधबारसम्म एकसाता चल्नेछ । ‘एकता, शान्ति र सद्भावका लागि संगीत’ नारासहित हुन लागेको फेस्टिभलको पछिल्लो संस्करणको लाइनअप निकै रोमाञ्चक देखिन्छ ।

सुकर्म ब्याण्डका ध्रुवेशचन्द्र रेग्मीसहित फ्रान्स, नेदरल्याण्ड, स्वीटजरल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया र अमेरिकाका संगीतकर्मीले जाज संगीत प्रस्तुत गर्दैछन् ।

काठमाडौंबाहिर जनकपुरले यसपटक ‘भूमि फोक फेस्ट’ आयोजना गर्दैछ । शुक्रबार हुन लागेको यो फेस्टिभलमा त्रिशाला गुरुङ, ललित एण्ड फ्रेन्ड्स, कल्पना पट्वारी, देवानी लाइव, मानिया, घनश्याम एण्ड मिताली, श्रीतारा ब्याण्ड, सौगात हमाल, सोधा यादव एण्ड फ्रेन्ड्सले प्रस्तुति दिँदैछन् । फेस्टिभलमा थारु र झिझिया लोक नृत्य प्रस्तुत गरिने भएको छ ।

लोक–पप ब्याण्ड कन्दराले मंसिर १६ गते पोखरामा कन्सर्ट गर्दै सातै प्रदेशका प्रमुख सहरमा सांगीतिक टूर समेत गर्ने भएको छ । मुलुककै प्रिय यो ब्याण्डले धेरैपछि दर्शकमाझ आफूलाई प्रस्तुत गर्न लागेको हो । शरद ऋतुको यो समयमा संगीतप्रेमीका लागि यी फेस्टिभल र कन्सर्ट मनोरञ्जन गर्ने बहाना हुनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?