+
+

ओमानका कप्तान जिसनलाई अविनाशले आउट गरे

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १०:२४

१५ कात्तिक, काठमाडौं । ओमानको इनिङ्स सम्हालिरहेका कप्तान जिसन मक्सुदलाई नेपालका अविनाश बोहराले आउट गरेका छन् ।

नेपालले एकपछि अर्को विकेट लिइरहँदा कप्तान मक्सुदले आयन खानसँग मिलेर साझेदारी बढाइरहेका थिए । तर सन्दीप लामिछानेले आयनलाई आउट गरेपछि साझेदारी टुटेको अर्को ओभरमै मक्सुद आउट भए ।

तीन छक्का र एक चौका प्रहार गर्दै २६ बलमा ३२ रन जोडेका मक्सुदलाई बोहराले विकेट किपर आसिफ शेखबाट आउट गराए । जारी प्रतियोगितामा बोहराको यो आठौं विकेट हो ।

उनी सर्वाधिक विकेट लिने सूचीको पहिलो नम्बरमा छन् ।

ओमानले १५ ओभरमा सात विकेट गुमाएर १०१ रन जोडेको छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?