+
+

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते ७:५४

१७ कात्तिक, काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुलेको छ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी) मा खुल्ला र समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न जंगी अड्डाले आज दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेकाहरुले नेपाली सेनाको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् । त्यो फाराम प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर आफैं उपस्थिति भई दरखास्त पेस गर्नुपर्नेछ ।

अधिकृत क्याडेट पदका लागि सैनिक साधारण सेवातर्फ २२९ जनाको भर्ना खुलेको छ । यसभित्र खुलामा १२२ जनाको कोटा छ । यसैगरी सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दागर्दै कुनै शारीरिक चोटपकट लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई १२ जनाको कोटा छुट्याइएको छ । समावेशीतर्फ महिला १७, आदिवासी जनजाती ३३, मधेशी २७, दलित १५ र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा छ ।

अधिकृत क्याडेट पदका लागि दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने छ । अधिकृत क्याडेट वा स्नातक अधिकृत क्याडेट दुवैका लागि एसएलसी वा एसईई परीक्षामा अनिवार्य गणित विषय लिएको हुनुपर्ने छ ।

साथै अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति मंसिर १६ गतेसम्म छ । दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेदेखि २३ गतेसम्म बुझाउन सकिन्छ ।

दरखास्त दस्तुर एक हजार रुपैयाँ तोकिएको छ । तर समावेशीतर्फ एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहका लागि थप २० प्रतिशतको दरले अतिरिक्त दस्तुर लाग्ने छ । दरखास्त दस्तुर नेपाल बैंक लिमिटेडको काठमाडौंभित्र रहेका कुनै पनि शाखाबाट बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?