+
+

युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो

प्लेइङ ११ मा दीपेन्द्र सिंह ऐरी पनि

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १०:२३

१७ कात्तिक, काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहेपनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणको तीनवटै खेल गुमाएका थिए ।

समूह ए अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै उपविजेता बनेपछि नेपालले मुलपानी मैदानमा खेल्नु पर्ने भएको हो । मुलपानी मैदानमा क्यानले ३ हजार ५०० टिकट मात्र बेचेको छ ।

टी२० विश्वकप छनोट अघि तयारी स्वरुप भएको त्रिकोणात्मक टी-२० शृखंलामा नेपाल र युएईबीच लिग चरणको दुई खेल मुलपानी क्रिकेट मैदानमै भएको हो । जहाँ नेपालले दुवै खेल जितेको थियो । तर टीयू मैदानमा भएको फाइनल खेल भने युएईले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?