+

एकै ओभरमा नेपालले लियो दुई विकेट

२०८० कात्तिक  १७ गते ११:२६ २०८० कात्तिक १७ गते ११:२६
एकै ओभरमा नेपालले लियो दुई विकेट

१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईको नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका हुन् ।

खालिदलाई सोमपाल आफैले रन आउट गरेका थिए । वासिमलाई करण केसीबाट क्याच आउट गराए ।

खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।

टी-२० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय