+
+

फिल्म जानकार भन्छन्- बोर्डले फिल्म होइन, फिल्ममैत्री नीति बनाओस्

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १२:२९

काठमाडौं । शाही नेपाल चलचित्र संस्थानको झल्को दिंदै चलचित्र विकास बोर्ड पनि फिल्म निर्माणमा अग्रसर भएको छ । यसका लागि ७५ लाख रुपैयाँ बजेटको कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरिसकेको छ ।

सबै कुरा ठीकठाक भए, निकट भविष्यमै बोर्डको परिचय अब फिल्म निर्माताको रुपमा पनि दरिनेछ । बोर्डले फिल्म बनाउने खबर अनलाइनखबरबाट सार्वजनिक भएपछि यसबारे मिश्रित प्रतिक्रिया सार्वजनिक भइरहेका छन् ।

फिल्मका जानकार यसबारे आ–आफ्नै किसिमले धारणा राखिरहेका छन् । अभिनेता कृष्ण मल्लले यो सीधै बोर्डको नियम र सिद्धान्तविरुद्ध भएको बताएका छन् ।

‘हो तपाईंहरुले राम्रा चलचित्रमा अनुदान दिन सक्नुहुन्छ । तर आफैं निर्माता बन्ने काम गलत हो,’ मल्ल लेख्छन्, ‘उहाँहरुलाई अनि मन्त्रीजीलाई सम्झाई दिनुपर्‍यो । कसैले कि बोर्ड नियामक संस्था हो, निर्माण संस्था होइन, त्यसका लागि निर्माण बोर्ड खडा गर्न सकिएला, भोलि सेन्सर बोर्डले पनि चलचित्र बनाउने भन्ला, विज्ञापन बोर्डले विज्ञापन बनाउँछु भन्ला । नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्स चलाउँछु भन्ला ।’

फिल्म निर्देशक मनोज पण्डितले आफैं फिल्म बनाउने बोर्डको यो तयारीलाई अव्यावहारिक निर्णय भएको बताएका छन् । सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘चलचित्र मैत्री नीति बनाएर संसदबाट पारित गरी लागू गर । प्रशासनिक सहजीकरण गरिदेऊ । नयाँ र प्रयोगधर्मी सिनेकर्मीलार्ई उत्प्रेरणा देऊ । तर आफैं सिनेमा बनाउँछु भन्ने निर्णय नगर । यस्तो अव्यावहारिक निर्णय फिर्ता लिएर चलचित्र विकास बोर्डको विधानलाई सम्मान गर ।’

बोर्ड प्रवक्ता केएल बुढाथोकीले फिल्म निर्माणबारे चलचित्रकर्मीको सुझावलाई समेटिने बताए । उनका अनुसार मन्त्रालयले यसबारे कार्यक्रम स्वीकृत गरिसकेकाले कार्यविधिमा पनि समेटिने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?