+
+

नेपाल बैंकको नाफामा भारी गिरावट, के हो कारण ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १२:३३

१७ कात्तिक, काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा ७६ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा १४ करोड २३ लाखमा खुम्चिएको छ । जबकि गत वर्षको यस अवधिमा बैंकले ६० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढ्दा पनि बैंकको नाफामा भारी गिरावट आउनुको मुख्य कारण बैंकको ‘लोन लस प्रोभिजन’ उच्च दरले बढ्नु हो ।

बैंकले समयमै कर्जा रकम उठाउन नसक्दा नियामकीय प्रावधानअनुसार ठूलो रकम ‘इम्पेरिमेन्ट चार्ज’ गर्नुपरेपछि नाफामा भारी गिरावट आएको हो । बैंकले गत वर्षको यस अवधिमा २१ करोड रुपैयाँ प्रोभिजन गरेकोमा अहिले १ अर्ब ३४ करोड पुगेको छ ।

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी भने २ अर्ब २१ करोड रुपैयाँ छ । गत वर्षको यो अवधिमा १ अर्ब ९० करोड खुद ब्याज आम्दानी भएको थियो । बैंकको वितरणयोग्य नाफा ६९ करोड रुपैयाँ ऋणात्मक देखिएको छ । बैंकको नउठेको सावाँ तथा ब्याज रकम (निष्क्रिय कर्जा) पनि बढ्दो छ ।

Premium mobile phone screen mockup template

गत वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा कुल कर्जामा २.३६ प्रतिशत रहेकोमा यो त्रैमासमा ३.८४ प्रतिशत पुगेको छ । थप कर्जा प्रवाहका लागि बैंक सहज स्थितिमा छ । ९० प्रतिशतसम्म सीमा रहेको सीडी रेसियो यो बैंकको जम्मा ७३.८६ प्रतिशत छ ।

बैंकको आधार दर बढ्दै गएको छ । यस्तो आधार दर पहिले ८.९२ प्रतिशत रहेकोमा अहिले ९.१९ प्रतिशत पुगेको छ । बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड रेट) ३.९ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी जम्मा ३ रुपैयाँ ८८ पैसा छ । गत वर्ष यस्तो आम्दानी १६.७७ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?