+
+

एमालेको एजेण्डा अनुसार सहमतीय सरकार बनाउन प्रयास गरें : मुख्यमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १९:१७

१७ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले सहमतीय सरकार बनाउने प्रयास गरेको बताएका छन् ।

उनले आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको बताए ।

विश्वासको मत नपाएर यसअघि दुई जना मुख्यमन्त्री सरकारबाट बाहिरिनु परेको भन्दै उनले आफूले पाएको विश्वासको मतको सम्मान गर्दै र पूर्व मुख्यमन्त्री कार्कीले भन्ने गरेको सहमतीय सरकारकै एजेण्डा अनुसार आफू अघि बढेको उनले बताए ।

नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

तर आफूहरुको सहमति विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको भन्दै नेकपा एमाले असन्तुष्ट छ । नयाँ मन्त्रीको शपथग्रहणमा एमालेको सहभागिता समेत रहेन ।

यसबारेमा पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री कार्कीले हतार हतारमा प्रदेश प्रमुख कार्यालयबाट निम्तो वा खबर नपुगेर एमाले नआएको हुन सक्ने बताए । मुख्यमन्त्री कार्कीले एमालेको एजेण्डा नै सहमतीय सरकार रहेको बताउँदै उसैले भन्ने गरेको सहमतीय सरकार बनाउने प्रयास गर्दा एमाले आफैंले बनाएको सरकारबाट बाहिरिन्छ भन्ने नसोचेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?