+
+

प्राकृतिक विपत्ति राहत तथा पुनर्स्थापना कोष स्थापना गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १३:२१

१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्राकृतिक विपत्ति राहत तथा पुनर्स्थापना कोष स्थापना गर्न माग गरेको छ ।

६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा मानिसहरको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै संगठनले प्राकृतिक विपत्तिको जटिल अवस्थालाई सहज बनाउन, घाइतेको उपचार तथा घरवारविहीन जनतालाई  गाँस, बाससहित राहतको व्यवस्था तथा पुनर्स्थापना यथाशीघ्र गर्न सरकारसँग आग्रह गरेकोछ ।

संगठनका अध्यक्ष अम्वादत्त भट्टद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘अहिलेको राष्ट्रिय विपत्तिको सामना गर्न भूकम्प प्रभावित जनतालाई राहत तथा पुनर्स्थापना गर्न ‘प्राकृतिक विपत्ति राहत तथा पुनर्स्थापना कोष’ स्थापना गरी सम्पूर्ण संघसंस्था तथा आम नेपाली जनतासमेतको सहभागितामा एकद्वार प्रणालीवाट राहत वितरण गर्ने व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेश र लुम्बिनी प्रदेश अन्तर्गतका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई सम्बन्धित सरकारी निकायको समन्वयमा राहत तथा उद्धार कार्यमा खट्न-खटाउने आवश्यक व्यवस्था मिलाउन पनि राष्ट्रिय कर्मचारी संगठनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?