+
+

जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीबाट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १३:२४

१८ कात्तिक, काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ  ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म १३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६१ जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख, जुम्ला र रोल्पामा ७ जना छन् ।

उनका अनुसार बैठकले सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक बेस मानेर उद्दार कार्य गरिने छ ।

प्रभावित क्षेत्रमा चिकित्सिक, स्वास्थ्य सामग्री र औषधि पठाइएको छ भने थप आवश्यक परे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा त्रिपाल, कम्मल र खानेकुराको व्यवस्था गर्ने, आवश्यक परे थप पठाउने उपप्रधानमन्त्री श्रेष्ठले बताए । छिमेकी तथा अरु देशले पनि आवश्यक सहयोग गर्ने वचन दिएको भन्दै उनले आवश्यक परे सरकारले आग्रह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?