+
+

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको समवेदना सन्देश

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ८:३०

१९ कात्तिक, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति समवेदना प्रकट गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाएका छन् ।

चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सन्देशमा सीले कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पले ठूलो मानवीय र धनजनको क्षतिले आफू स्तब्ध भएको बताएका छन् ।

सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पूननिर्माणको काम चाँडै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको बताएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका थिए .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?