
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
विहान १० बजे पार्टी सभापति शेरबहादुर देउवा निवासमा बस्ने बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको क्षति, राहत र उद्धारलगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4