+
+

भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १५:०२

१९ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ ।

महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

महानगरको निर्णय अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

महानगरपालिकाले जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम जम्मा गर्ने जनाएको छ ।

महानगरपालिकाले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि स्थानीयसँग आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?