+
+

पछिल्लो फेसबुक पोस्टलाई लिएर किन आलोचित छन् राजेश हमाल ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १३:२९

काठमाडौं । अभिनेता राजेश हमाल केही वर्षयता सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ता हुन् । उनी घुमफिर र पारिवारिक गतिविधिका पोस्ट फ्यानमाझ सेयर गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ता हमाल भने सामाजिक र राजनीतिक घटनाक्रममा मौन रहन्छन् । तर हमालको पछिल्लो सामाजिक सञ्जाल पोस्ट भने निकै विवादित बनेको छ । हमालका फ्यान पनि उनीमाथि खनिएका छन् ।

भयो के भने, शनिबार जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा डेढ सयभन्दा बढी नागरिकले ज्यान गुमाए । हजारौं घर भत्किए भने सयौं नागरिक घाइते भए । देश अहिले शोकमा छ ।

कतिपय कलाकार राहत संकलनमा जुटेका छन् । सामाजिक सञ्जालमा सेलिब्रिटीले स्टाटस पोस्ट गर्दै सरकारलाई राहत र उद्धारमा जुट्न आग्रह गरिरहेका छन् । तर राजेश हमालले भने शनिबार नै ‘मधु मस्ती’ भन्दै पत्नीसहितका युगल तस्वीर पोस्ट गरे ।

एकातिर भूकम्पको आलोघाउ र शोक, अर्कोतिर हमालको ‘मस्ती’ प्रेरित फेसबुक स्टाटस । समय र सन्दर्भको हिसाबले हमालको पोस्ट असान्दर्भिक पनि देखियो । उक्त पोस्टमा फ्यानले आलोचनात्मक टिप्पणी गरेका छन् ।

संकल्प चन्द ठकुरी लेख्छन्, ‘देश महाविनाशकारी भूकम्पले रोएको छ । यता हाम्रो देशका आइकनहरुको मनोदशा यस्तो छ ।’ लक्ष्मण घर्ती मगर लेख्छन्, ‘देश शोकमा छ । भूकम्पको क्षतिले सास्ती छ । तपाईंलाई भने मधुमस्ती छ । कमसेकम एक-दुई दिन यसरी मस्तीका फोटो नराखेको भए पनि हुने महानायकज्यू ।’

नारायण पन्त लेख्छन्, ‘ए दाइ, पूरा देश शोकाकुल छ । तपाईंहरुको कस्तो मस्ती हो ? जीवनमा रमाइरहनुपर्छ तर समय अनुकूल संवेदनशील हुन पनि त्यत्तिकै जरुरी छ । जबकि तपार्इंजस्तो आइकोनिक एक्टरले ।’

फ्यानको यस्तो प्रतिक्रियाबारे हमालले भने केही बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?