+
+

सरकारद्वारा श्रीलंकाली क्रिकेट बोर्ड निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १३:४२

२० कात्तिक, काठमाडौं । अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाली सरकारले त्यहाँको क्रिकेट बोर्ड निलम्बन गरेको छ ।

श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका छन् । गत जुनमा नेतृत्वमा आएका शिल्भाको कार्यकाल सन् २०२५ सम्म थियो ।

खेलमन्त्री रणसिंघले सिल्भा नेतृत्वको बोर्डले गरेका खर्च र अन्य कामकारबाहीका बारेमा छानबिन पनि गर्ने घोषणा गरेका छन् ।

रणसिंघले अन्तरिम कमिटीको प्रमुखमा अर्जुन रणतुंगालाई नियुक्त गरेका छन् ।  सन् १९९६ मा श्रीलंकालाई विश्वकप क्रिकेट उपाधि जिताउने कप्तान हुन् । उनी अहिले राजनीतिमा पनि संलग्न छन् ।

रणतुंगा नेतृत्वको अन्तरिम कमिटीमा सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशहरु एसआई इमाम, रोहिणी मरसिंघे, उच्च अदालतका अवकाश प्राप्त न्यायाधीश इरंगानी परेर, उपाली धर्मदाशा अटर्नी एन ल रकिता राजपक्षे र हिशम जमालदीन छन् ।

भारतमा चलिरहेको विश्वकपमा टिमको खराब प्रदर्शनका कारण श्रीलंकाका समर्थक निराश रहेको बेला बोर्ड निलम्बनमा परेको हो ।

गत बिहीबार भएको विश्वकपको खेलमा श्रीलंका भारतसित ५५ रनमा अलआउट हुँदै ३०२ रनले पराजित भएको थियो ।

जारी विश्वकपमाा ७ खेलमा २ खेल मात्र जितेको श्रीलंका पुछारबाट सातौं स्थानमा छ । श्रीलंकाले नेदरल्याण्ड्स र इंग्ल्याण्डलाई हराएको छ । अब उसले इंग्ल्याण्ड र भारतसित खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?