+
+

दर्जनौं सहसचिवको सरुवा गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १६:०५

२० कात्तिक, काठमाडौ । सरकारले एकैसाथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा कम्तिमा ५५ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणीकरण गर्नेछन् । त्यसैले सो सूचीमा हेरफेर र थपघटको सम्भावना छ ।

स्रोतका अनुसार सहसचिवहरुको सरुवा हुने तय भइसकेको छ, प्रमाणीकरणको प्रक्रिया पुरा नभई सरुवा भएकाहरुको सूची बाहिर ल्याइनेछ । लामो सयमदेखि एकै ठाउँमा कार्यरत रहेका, प्रदेशमा लामोे समयम बिताएका र प्रदेश पठाउनुपर्ने ठहर भएकाहरु सुरुवाको सूचीमा छन् ।

अझ विभिन्न मन्त्रीले राखेको चाहनाबमोजिम अन्तिम सूची प्रमाणीकरण भएर आउने स्रोतले बतायो । को–को ससहचिवको कुन मन्त्रालय र निकायमा सरुवा हुँदैछन् भन्ने खुलेको छैन । गत १९ भदौमा पनि एकसाथ ५८ सहसचिवको सरुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?