
२० कात्तिक, काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले भूकम्पबाट प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावितका लागि उक्त सहयोग रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।
सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गर्न लागिएको ग्रुपले जनाएको छ ।
‘भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो’ ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4