+
+

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते ७:४७

२१ कात्तिक, काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरेर २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्तसाथ शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदनका साथ अर्थ मन्त्रालयको राजश्व खातामा पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि पेस गर्नुपर्ने छ ।

तोकिएको म्यादभित्र प्राप्त भएका आवेदनहरुबाट पहिलो चरणमा बढीमा पाँच जनाको छनोट (सर्ट लिस्ट) गरी दोस्रो चरणमा सहभागी गराइने छ । दोस्रो चरणबाट उपयुक्त तीन जना उम्मेदवारको छनोट गरी सिफारिस समितिले अर्थ मन्त्रालय समक्षा सिफारिस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?