+
+

जिमेलमा नयाँ अपडेट, एक क्लिकमै यसरी डिलिट गर्नुस् सबै इमेल

एजेन्सी एजेन्सी
२०८० कात्तिक २१ गते १२:५१

गुगलले हरेक जिमेल प्रयोगकर्तालाई १५ गिगाबाइटको नि:शुल्क स्टोरेजको सुविधा प्रदान गर्दछ । जसको उपयोग प्रयोगकर्ताहरुले आफ्नो गुगल फोटोज, इमेल तथा गुगल ड्राइभका लागि गर्न सक्दछन् ।

कतिपय प्रयोगकर्तालाई त यत्ति नै स्टोरेज पर्याप्त हुन्छ । तर अधिकतम जिमेल प्रयोगकर्ताहरुको भने स्टोरेज भरिएर समस्या हुन थाल्छ ।

जिमेलको स्टोरेज कम भएपछि प्रयोगकर्तासँग दुईवटा विकल्प हुन्छन् । पहिलो, स्टोरेज खरिद गर्नु र दोस्रो चाहिं पुराना इमेलहरु डिलिट गर्नु ।

पहिलो तरिकामा पैसा खर्च गर्नुपर्दछ तर दोस्रो तरिका नि:शुल्क हुन्छ । जिमेलमा सबै इमेलहरुलाई एकै पटकमा डिलिट गर्न अहिलेसम्म सम्भव थिएन । तर अब भने सबै इमेललाई एकैपटकमा डिलिट गराएर इनबक्स खाली गराउन सकिने भएको छ । तपाईंले अब एक क्लिकमै जिमेलका सबै इमेल डिलिट गर्न सक्नुहुनेछ । कसरी गर्ने त ?

  • सबैभन्दा पहिले आफ्नो फोन वा ल्याबटपको वेब ब्राउजरमा जिमेल लगइन गर्नुहोस्
  • जिमेलको इनबक्समा सबैभन्दा माथिपटि्ट देखिइरहेको चेकबक्समा क्लिक गर्नुहोस्
  • त्यसपछि एउटा पेजमा देखिएका सबै इमेल सेलेक्ट हुनेछन्
  • अब दायाँ भागमा निलो रङमा Select all  conversations in Primary को अप्सन देखिनेछ । त्यसमा क्लिक गर्नुहोस् । त्यसो गर्दा इनबक्सको Primary खण्का सबै इमेल सेलेक्ट हुनेछन् ।
  • त्यसपछि डिलिट अप्सनमा क्लिक गरेर सबै इमेललाई एकैपटकमा डिलिट गर्नुहोस्
  • यहीँ तरिकाले तपाइँले जिमेलको इनबक्समा Social तथा Promotional  खण्डका इमेलहरु भने एकैपटकमा डिलिट गर्न सक्नुहुन्छ ।
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?