+
+

ओस्कारको अन्तर्राष्ट्रिय फिचरमा ८९ फिल्म, दक्षिण एसियाली मुलुकबाट कुन-कुन पुगे ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १३:२६

काठमाडौं । आगामी ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा ८९ फिल्मले प्रतिस्पर्धा गर्दैछन् । डिसेम्बर २१ मा १५ फिल्मको मनोनयन घोषणा हुने जनाइएको छ । जनवरी २३ मा सबै विधाको उत्कृष्ट पाँच मनोनयन घोषणा हुनेछ ।

हङकङ, किर्गिस्तान र ताजिकिस्तानको फिल्मलाई यसपटक ओस्कारले प्रतिस्पर्धामा सहभागी गराएन । नामिबिया र बुर्किनाफासोले पहिलोपटक ओस्कारमा फिल्म पठाएका छन् ।

नेपालले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्ने फिल्म ‘हल्कारा’लाई यस वर्ष ओस्कारमा पठाएको छ । विक्रम सापकोटा निर्देशित फिल्मले एक जँड्याहा हुलाकीको पात्रमार्फत वैदेशिक रोजगारीको सामाजिक र आर्थिक प्रभावको कथा पेश गरेका छन् ।

भुटानले ‘मंक एण्ड द गन’लाई सिफारिस गरेको छ । पाओ छेनिङ दोर्जी निर्देशित यो फिल्मले सन् २००६ को भुटानको कथा भन्छ । लोकतान्त्रिक मुलुक बन्न खोजेको भुटान चुनाव गराउने तयारीमा छ । सरकारी अधिकारीले प्रशिक्षण अभ्यासको रूपमा नमुना चुनावको आयोजना गर्छन् ।

त्यहाँको उरा सहरमा एक पुरानो लामाले एक भिक्षुलाई राज्यमा आसन्न परिवर्तनको सामना गर्न एक जोडी हतियार लिन आदेश दिन्छन् । यसैबीच, एक अमेरिकी प्राचीन हतियार संकलनकर्ता भिक्षुको हातमा परेको बहुमूल्य राइफलको खोजीमा भुटान पुग्छन् । यहाँबाट कथा अघि बढ्छ ।

बंगलादेशले ‘नो ग्राउण्ड बिनिथ द फिट’लाई ओस्कारमा पठाएको छ । मोहम्मद रब्बी मृधा निर्देशित यो फिल्मले सैफल नामक एक एम्बुलेन्स चालकको कथा भन्छ । पैसा कमाउन ढाका पुगेको यो पात्र एक महिलाको प्रेममा पर्छ र उसैसँग दोस्रो विवाह गर्छ । उसको परिवार उनीबाट मद्दत चाहन्छन् तर उनी घर फर्किन सक्दैनन् । अवस्था बिग्रिंदै जान्छ ।

भारतले मलयालम फिल्म ‘२०१८’ लाई ओस्कारमा पठाएको छ । सन् २०१८ मा केरलामा गएको विनाशकारी बाढीमा मानिसले बाँच्न गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ दुई २ बिलियन डलरको कमाइसहित यो फिल्म सबैभन्दा धेरै कमाउने मलायमल फिल्म समेत बनेको छ ।

पाकिस्तानले जरार खान निर्देशित ‘इन फ्लेम्स’लाई ओस्कारमा सिफारिस गरेको छ । हरर जनरामा राखिएको यो फिल्मले परिवारमा पितृसत्ता हटेपछि कसरी त्यसको आत्माले परिवारको वर्तमानलाई पछ्याउँछ भन्ने कथा पेश गर्छ ।

यसबाहेक चीनले विज्ञान कथामा आधारित फिल्म ‘द वान्डरिङ अर्थ’लाई ओस्कारमा पठाएको छ । दक्षिण कोरियाले डिजास्टर थ्रिलर फिल्म ‘कंक्रिट युटोपिया’लाई पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?