+
+

पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १४:२५
फाइल तस्वीर

२२ कात्तिक, काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिल कुमारी आले छिन् ।

भुटुकेबाट चुनढुंगा बोकेर नवलपुरको होङ्सी सिमेन्ट उद्योगतर्फ गइरहेको लु २ ख ५२९ नम्बरको टिप्पर सडकको भित्तामा ठोक्किएको थियो । टिप्परबाट हामफाल्ने क्रममा दिलकुमारीलाई टिपरको पांग्राले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा निस्दी गाउँपालिका–७ बस्ने २५ वर्षीया हिमाली आले, चालक मकवानपुरको मनहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुरको हेटौंडा–९ बस्ने २४ वर्षीय आशिष सुनार घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?