
२२ कात्तिक, काठमाडौं । अदालतका न्यायाधीश तथा कर्मचारीहरुले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् ।
बुधबारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरुबाट ५ दिन, जिल्ला अदालतका न्यायाधीशबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका सचिव र सहसचिवस्तरका कर्मचारीबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट २ दिन र सहायकस्तरका कर्मचारीहरुबाट १ दिनको तलब रकम सहयोग स्वरुप जम्मा गर्ने निर्णय पनि गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4