+
+

नेदरल्याण्ड्समाथि इंग्ल्याण्डको जित, च्याम्पियनसिप ट्रफीमा छनोटको सम्भावना कायमै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते २२:०३

२२ कात्तिक, काठमाडौं । बेन स्टोक्सको शतकको मद्दतमा इंग्ल्याण्डले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई १६० रनको जित हात पारेको छ । डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डले नकआउट चरणको दौडबाट बाहिरिसकेको छ । तर यो जितले सन् २०२५ मा हुने च्याम्पियनसिप ट्रफीमा छनोट हुने आशा कायमै राखेको छ ।

भारतको पुनेमा इंग्ल्याण्डले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३७.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र जोड्न सक्यो ।

नेदरल्याण्ड्सको पारीमा छैटौं विकेटका लागि भएको ५९ र तेस्रो विकेटका लागि ५४ रनको साझेदारी नै ठूलो रह्यो । तेस्रो विकेटका लागि वेस्ली वारेसी र साइब्रान्ड एंगलब्रेक्टले साझेदारी गरेका थिए । वारेसी ३७ र एगेलब्रेक्टले ३३ रनमा आउट भए ।

छैटौं विकेटका लागि तेजा निदामानुरु र कप्तान स्कट एडवर्ड्सले अर्धशतकीय साझेदार गरे । एडवर्ड्स ३८ रनमा आउट हुँदा निदामानुरुले अविजित ४१ रनको पारी खेले ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा मोइन अली र आदिल रसिदले ३÷३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेन स्टोक्सले शानदार १०८ रनको पारीको मद्दतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३९ रन बनाएको थियो ।

उसका लागि स्टोक्स बाहेक डेविड मालनले ८७ र क्रिस वोक्सले ५१ रन बनाए । त्यसक्रममा मालनले दोस्रो विकेटका लागि जोए रुटसँग अर्धशकीय गरेका थिए ।

स्टोक्स र वोक्सले सातौं विकेटका लागि शतकीय साझेदारी गरे । सातौं विकेटका रुपमा आउट भएका वोक्सले ४५ बलमा ५ चौका र एक छक्कासहित ५१ रन बनाए । अन्तिम दुई बल बाँकी रहँदा नवौं विकेटका रुपमा आउट भएका स्टोकले ८४ बल समना गरे, ६ चौका र ६ छक्का हानेका थिए ।

न्यूजिल्याण्ड्सका बास डे लिडले ३ विकेट लिए भने आयान दत्त र लोगन भान बिकले २–२ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?