 
																			२३ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा डिप्रोक्स लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले घटेको छ ।
कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सो अवधिमा ८ करोड ८२ लाख रुपैयाँ कमाएको छ ।
समयमै कर्जा उठाउन नसकेपछि कम्पनीको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्दा नाफामा कमी आएको छ ।
कम्पनीको इम्पेरिमेन्ट चार्ज गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा यो असोज मसान्तसम्म २३ प्रतिशतले बढेर ४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
नाफा घट्दा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि ३४ रुपैयाँ २९ पैसाबाट घटेर २२ रुपैयाँ ७६ पैसामा खुम्चिएको छ ।
गत वर्षको असोज मसान्तसम्म कुल कर्जामा कम्पनीको निष्क्रिय कर्जा ३.६८ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ५.१४ प्रतिशत पुगेको छ ।
यसले कम्पनीलाई नउठेको कर्जा उठाउनुपर्ने चुनौती थपिएको छ । बुधबारको बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ ८० पैसा छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4