+
+

जाजरकोटमा फेरि भूकम्पको धक्का, गत शुक्रबारयता ४८३ परकम्प

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते ९:४२

२३ कात्तिक, काठमाडौं । जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता *४८३ परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरकी प्रमुख मोनिका झाले जानकारी दिइन् । सबैभन्दा शक्तिशाली परकम्प भने गत २० गतेको ५.८ म्याग्निच्युडको थियो । उक्त परकम्पको केन्द्र पनि बारेकोट गाउँपालिका-१ रामीडाँडा नै थियो ।

जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गइसकेको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । सरकारले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हाल राहत वितरण र पुनर्स्थापनाको काम जारी छ ।

खानी तथा भूगर्भ विभाग र राष्ट्रिय भूकम्प मापन केन्द्रको टोली भूकम्पको अध्ययन गर्न हाल जाजरकोट जिल्लामा छ ।

(यसअघि समाचारमा भुलबस झण्डै साढे ६०० परकम्प गएको भन्ने शब्दावली प्रयोग भएकाले क्षमा माग्दै सच्याइएका छौं । सं.)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?