+
+

धरानमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १५:२५
धरान शहर

२३ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक समिति गठन गरेको छ ।

प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरिएको हो ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

स्थानीय स्तरमा धरान उपमहानरपालिकाले सरकारलाई सो भेगमा विमानस्थल बनाउन दबाब दिइरहेको छ ।

धरान नजिकै अन्य विमानस्थलहरु रहेको अवस्थामा सो भेगमा किन विमानस्थल चाहियो भन्दै आम रुपमा भने विरोध भइरहेको छ ।

बुधबार मात्रै धरानमा विमान स्थल बनाउन पहल गरिदिन आग्रह गर्दै धरान उपमहानरका मेयर हर्क साम्पाङ राईले मन्त्री किरातीलाई पत्र लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?