+
+

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एफवान सफ्ट ग्रुपको ३० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १७:२९

काठमाडौं । नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुप पश्चिमका भूकम्प पीडितका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा ३० लाख रुपैयाँ जम्मा गरेको जनाएको छ ।

कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेसनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् ।

भूकम्प प्रभावितका लागि आफूहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उदेश्यले कोषमा सो रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?